२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बर्रोमा पाइन्छ यी औषधीय गुण

बर्रोमा पाइन्छ यी औषधीय गुण

2.5K
Shares

आयुर्वेदिक औषधि त्रिफला बनाउन प्रयोगमा ल्याइने वनस्पतिमध्ये एक हो बर्रो । बर्रो ११ सय मिटर उचाइमा रहेको तराई तथा भित्री मधेसका जंगलमा पाइने गर्छ । वैशाख–जेठमा फुल्ने बर्रो पतझर बिरुवामध्येमा पर्छ । अब जानौँ, यसमा पाइने औषधीय गुण :
बर्रो कब्जियत रोगीका लागि एकदमै उपयोगी हुन्छ ।
दाँत वा गिजासम्बन्धी रोगको औषधि बर्रोको फलबाट बनाइन्छ ।
बर्रोको बियाँबाट निकालिएको तेल छालाको रोगका लागि उपयोगी हुन्छ ।
बर्रोको फल दम र खोकीका बिरामीका लागि लाभदायी हुन्छ ।
बर्रोले मूत्रजलनलगायत मूत्रसम्बन्धी विकार हटाउन मद्दत गर्छ ।
चिसो पानीमा बर्रोको चूर्ण भिजाइएको पानीले बिहान उठेर आँखा धोएमा आँखाको ज्योति बढ्छ । त्यस्तै, आँखाको रातोपन, आँखा सुन्निएको र आँखा पोल्ने समस्या पनि ठीक हुन्छ ।
बर्रोको तेलले कपाललाई फाइदा पु‍¥याउँछ । त्यसैगरी, कानसम्बन्धी समस्याका लागि पनि यो उपयोगी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij