२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

थ्रीडी प्रिन्टरबाट कृत्रिम मुटु निर्माण गर्न सफल

थ्रीडी प्रिन्टरबाट कृत्रिम मुटु निर्माण गर्न सफल

1.6K
Shares

एजेन्सी – इजरायली वैज्ञानिकहरुले हालै मात्र त्रिआयामिक थ्रीडी प्रिन्टिङ प्रविधिको मद्दतबाट कोशिका र धमनीसहितको मुटु निर्माण गर्न सफलता हासिल गरेका छन् ।
चिकित्सा विज्ञान क्षेत्रमा यसलाई एक महत्वपूर्ण खोजका रुपमा लिएको छ किनभने यसअघि वैज्ञानिकहरुले मानव शरीरको कोषहरु मात्र बनाएका थिए । यसमा धमनी राख्न सकेका थिएनन् । यसको खास विशेषता भनेको यसलाई मानव कोशिकाहरुबाट बनाइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

इजरायलको तेल अभिव युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले बनाएको यो मुटु अहिले नै पूर्णरुपमा काम गर्न भने सक्षम छैन । यद्यपि, पहिलोपटक वैज्ञानिक थ्रीडी प्रविधिबाट कृत्रिम मुटु बनाउने दिशामा यति नजिक पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij