२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अडेल र पति साइमनबीच सम्बन्धविच्छेद

अडेल र पति साइमनबीच सम्बन्धविच्छेद

2.5K
Shares
attends The 54th Annual GRAMMY Awards at Staples Center on February 12, 2012 in Los Angeles, California.

चर्चित गायिका अडेलले पति साइमन कोनेक्कीसँग सम्बन्धविच्छेद गरेकी छिन् । अडेलका प्रतिनिधि बेनी टारान्टिनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अडेल र उनका पार्टनर अलग भएका छन् । दुवै जनाले मिलेर आफ्नो सन्तान हुर्काउनेमा प्रतिबद्धता जनाएका छन् । उनीहरुले यस विषयमा गोपनियताको माग गरेका छन् । यसबारे थप प्रतिक्रिया दिइने छैन ।’

अडेल र कोनेक्कीका एक छोरा एन्जेलो रहेका छन् । एन्जेलोको सन् २०१२ मा जन्म भएको थियो । ग्रामी विजेता गायिकाले आफ्नो व्यक्तिगत जीवन र कोनेक्कीसँगको सम्बन्धबारे गोपनियता अख्तियार गर्ने गरेकी छिन् । सन् २०१७ सम्म उनले कोनेक्कीसँगको सम्बन्धबारे केही खुलाइएकी थिइनन् । त्यसपछि एक कन्सर्टका दौरान उनले आफूलाई ‘विवाहीत’ भनेर सम्बोधन गरेकी थिइन् ।
कोनेक्की लाइफ वाटर र च्यारेटी ड्रपफोरड्रपका सह–संस्थापक हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij