काठमाडौं – टाटा मोटर्स नेपालले आफ्ना सबै आधिकारिक सर्भिस सेन्टर र वर्कशपमा संलग्न प्राविधिकको सीपको पहिचान सहित कदर गर्ने उद्देश्यले म्याक लुब्रिकेन्ट्सको सहकार्यमा स्किल फेस्ट र टेकफेस्ट २०१९ सञ्चालन गरेको छ।
सार्कस्तरीय उक्त प्रतियोगितामा नेपाल, बंगलादेश, श्रीलंका तथा भुटानबाट १२ जना प्राविधिक तथा १२ जना सेवा सल्लाहकार सहभागी रहेको जारी विज्ञप्तिमा उल्लेख छ। सेवा सल्लाहकारतर्फ नेपालका उज्जवल परियार प्रथम भएका थिए भने नेपालकै राजाराम केसी दोस्रो भए। तेस्रो पुरस्कार बंगलादेशका अब्दुल मलिक र श्रीलंकाका मेलाका पुस्पसराले संयुक्त रुपमा ग्रहण गरेको जनाएको छ।
त्यसैगरी, प्राविधिक वर्गमा नेपालका डेमबहादुर लामा प्रथम, श्रीलंकाका धनुसका कुमारा दोस्रो र बंगलादेशका आलाम्गिर हुसेन तेस्रो भएका थिए। दुवै वर्गका पुरस्कार विजेता तीन–तीनजना प्रतियोगी भारतको पुणेमा हुने विश्वस्तरीय प्रतियोगितामा सहभागी हुने कम्पनलिे जनाएको छ।
सार्कस्तरीय प्रतियोगिता हुनुअघि नेपालको प्रतिनिधि छनोटको लागि दुई सय ५० सहभागीमध्ये विभिन्न तीन चरणको छनोट प्रतियोगिता पार गरी तीनजना प्राविधिक सार्क राउन्डमा सहभागी हुन योग्य भएका थिए। त्यसैगरी, ५४ जना सेवा सल्लाहकार सहभागीमध्ये अन्तिम तीनको छनोट भएको थियो। दुवै वर्गको छनोट गर्ने सिलसिलामा लिखित जाँच, अन्तर्वार्ता, गाडीको प्राविधिक त्रुटि पहिचान लगायत विभिन्न पाँच विधि अवलम्बन गरिएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij