२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशिया बैंक र नेपाल क्यान्सर हस्पिटलबिच सम्झौता

एनआईसी एशिया बैंक र नेपाल क्यान्सर हस्पिटलबिच सम्झौता

1.2K
Shares

काठमाडौँ – एनआईसी एशिया बैंक र नेपाल क्यान्सर हस्पिटलबिच सम्झौता भएको छ। एन आई सी एसिया बैंकका कर्मचारी, कर्मचारीका परिवार र ग्राहकवर्गहरुलाई बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको हो।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र हस्पिटलको तर्फबाट कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

बैंकलाई ग्राहकवर्गहरुले गरेको विश्वास र अगाध स्नेहले बैंकले मुलुकभर दुई सय ८१ शाखा विस्तार गरेको छ। त्यस्तै दुई सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखा रहित बैंकिङ इकाई मार्फत सेवा प्रदान गर्न सफल भएको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij