२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गाईबाट संकलित मूत्र प्रशोधन गरी औषधिको रुपमा बिक्री सुरु

गाईबाट संकलित मूत्र प्रशोधन गरी औषधिको रुपमा बिक्री सुरु

1.5K
Shares

प्युठान–प्यूठानको स्वर्गद्धारी आश्रममा रहेका गाईबाट संकलित मूत्र प्रशोधन गरी औषधिको रुपमा बिक्री गर्न सुरु गरिएको छ ।
स्वर्गद्धारी आश्रममा रहेका ३ सय ५० गाईबाट दैनिक ४० लिटर बढी मूत्र संकलन हुँदै आएको छ । संकलित मूत्रलाई प्रशोधन गरी ग्याष्ट्रिक तथा पेटका अन्य समस्यामा औषधीको रुपमा प्रयोग गर्न सकिने गरी गौअर्घको रुपमा बिक्री गर्न सुरु गरिएको हो । झण्डै १ महिना अघिदेखि गौअर्घको रुपमा प्रशोधित गाईको मूत्र बिक्री गर्न सुरु गरिएको आश्रममा रहेका बाबुराम न्यौपानेले जानकारी दिए ।

८० लिटर गाई मूत्रलाई उमालेर बाफ निकाल्दै पूरै प्रशोधित गर्दा ४० लिटर गौअर्घ उत्पादन हुने न्यौपानेले जानकारी दिए । गौअर्घको मूल्य प्रतिलिटर १ सय ५० रुपैया राखिएको छ । आश्रममा एक सय घनमिटरको गोबर ग्यास प्लाण्ट भएपनि चिसोका कारण पूरै क्षमतामा सञ्चालन हुन सकेको छैन ।
गाईहरुलाई पानी कुडो खुवाउन सजिलो होस् भनेर बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र आश्रममा सोलार पनि राखिदिएको छ । राप्ती अंचल अन्र्तगत प्यूठानको अग्लो शैलशिखरमा रहेको पावन क्षेत्र स्वर्गद्धारी आश्रमको स्थापना १९५२ मा बालतपस्वी महाप्रभुबाट भएको जनविश्वास छ ।

प्राचीन समयमा स्वर्गद्धारी क्षेत्र यज्ञभूमिको रुपमा प्रसिद्ध थियो । वेदव्यास जस्ता त्रिकालदर्शी महर्षिहरुले यही ठाउँमा यज्ञ गरेको तथा महाभारतका पाँचपाण्डवले तपस्या गरेर स्वर्ग प्रस्थान गरेको जनश्रुति पनि रहँदै आएको छ । आश्रममा २०५२ सालदेखि अखण्ड यज्ञ चल्दै आएको छ ।

स्वर्गद्धारीमा यज्ञका लागि २४ जना पूजारी, गुरुकुलमा १ सय जना विद्यार्थी तथा साधुसन्तहरु रहेको साधक न्यौपानेले जानकारी दिए । @ Ratopati

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij