वीरगञ्ज– आफ्नै छोरीको हत्या गरेको अभियोगमा बुवालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । छोरीको हत्यापछि फरार भएका वीरगञ्ज महानगरपालिका वडा नं २० अपौनी टोलका शिवशंकर राउत पक्राउ परेका हुन्।
राउतले आफ्नै छोरीको हत्या गरी गाउँको गहुँ खेतमा जम्मा गरी राखेको परालको कुन्यूमा फालेको आरोप लागेको छ। गतवर्ष माघ २ गते परालको कुन्यूमा चिन्न नसक्ने अवस्थामा मिरादेवी यादवको शव फेला परेको थियो। अनुसन्धानपछि प्रहरीले बुवाको संलग्नता रहेको बताउँदै आएको थियो। तर राउत त्यसपछि फरार थिए।
पक्राउ परेका राउतलाई ज्यान सम्बन्धी मुद्दामा म्याद थप गरी कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij