२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पोल सार्न खोज्दा करेन्ट लागेर मृत्यु

पोल सार्न खोज्दा करेन्ट लागेर मृत्यु

1.3K
Shares

काठमाडौं – तारकेश्वर नगरपालिका–१ साङलाछापमा विद्युत्को पोल सार्ने क्रममा पोल ढलेर करेन्ट लाग्दा एकको मृत्यु भएको छ । अन्य दुई घाइते भएका छन् ।

करेन्ट लागेर गम्भीर घाइते भएका काठमाडौँ बौद्ध बस्ने सर्लाहीका २१ वर्षीय शिशिर अधिकारीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सो क्रममा करेन्ट लागेर घाइते भएका अन्य दुईको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij