२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जनकपुर–जयनगर रेल यथाशीघ्र सञ्चालन हुने

जनकपुर–जयनगर रेल यथाशीघ्र सञ्चालन हुने

1.3K
Shares

जनकपुर-भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जनकपुर–जयनगर रेल यथाशीघ्र सञ्चालन हुने बताएका छन् ।

तराई मधेश सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत आज धनुषा जिल्लाको छ स्थानमा सडक निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री महासेठले सरकार भाडामा रेल इञ्जिन र डब्बा लिई चलाउने पक्षमा नरहेको स्पष्ट गरे ।

जनकपुर–जयनगर रेल सञ्चालन सन्दर्भमा दुई दिनभित्र भारतीय र नेपाली प्राविधिक टोलीले अध्ययन गर्ने र साताभरमा सहमतिका बिन्दुमा पुग्ने विश्वास व्यक्त गर्दै उनले रेल सञ्चालनमा राजनीतिकरणले अस्पष्टता देखिएको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij