काठमाडाैं – नख्खु् बमकाण्डका आरोपी सूर्य भुजेललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएपनि रिहा भएलगत्तै फेरि पक्राउ परेका छन् ।
न्यायाधीशहरु अनिलकुमार सिन्हा र पुरुषोत्तम भण्डारीको इजलासले शुक्रबार बन्दी प्रत्यक्षीकरण आदेश जारी गरेको थियो ।
नेत्रविक्रम चन्द समूहका नेता भूजेललाई महानगरीय अपराध महाशाखाले नख्खुस्थित एनसेल टावर लक्षित बम विस्फोट गराएको आरोपमा घटनाको तीन दिनपछि कलंकीबाट पक्राउ गरेको थियो ।
महाशाखाले उनीमाथि कर्तव्य ज्यान र संगठित अपराध,विस्फोटक पदार्थ ऐनअन्तर्गतमुद्दा लगाएको छ ।
रिहा लगत्तै पक्राउ परेका उनलाई अहिले काठमाडौं परिसरको हिरासतमै राखिएको बताइएको छ । तर, उनलाई पुनः पक्राउ गर्नुको कारण भने प्रहरीले खुलाएको छैन । नख्खु बम विस्फोटमा एक जनाको मृत्यु हुनुका साथै अरु दुई जना घाइते भएका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij