काठमाडौं – नयाँ वर्षमा यूनाइटेड सिमेन्ट्सले ‘यूनाइटेड सिमेन्ट्सको उपहार, सररर… कार’ नामक योजना ल्याएको छ।
कम्पनीका अनुसार यस योजना अन्तर्गत हरेक २५ बोरा यूनाइटेड सिमेन्ट्सको खरिदमा ग्राहकले एउटा स्क्र्याच कुपन प्राप्त गर्नेछन्।
कुपन स्क्र्याच गरेर ग्राहकले कम्तिमा पनि ५ ग्राम चाँदी प्राप्त गर्नुका साथै अन्य १० देखि ५० ग्राम चाँदी तथा १ ग्राम देखि १ तोला सुन जित्ने मौका पाउने छन ।
कुपन स्क्र्याच गर्दा ५ ग्राम चाँदी परेमा खरिद गरेको पसलबाट तुरुन्तै प्राप्त गर्न सकिने प्रावधान रहेको छ। यसका साथै योजनाको अन्त्यमा हुने बम्पर लक्की ड्रबाट ५ जोडीले दुबई भ्रमण र १ जना भाग्यशाली विजेताले हुन्डाई सेन्ट्रो कार पनि जित्न सक्ने कम्पनीको भनाइ छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij