२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एक रुपैयाँमा एसइइ पहिलो सिम सिम कार्ड

एक रुपैयाँमा एसइइ पहिलो सिम सिम कार्ड

1.4K
Shares

काठमाडौं–नेपालको निजी क्षेत्रको टेलिकम संचालक एनसेलले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै पहिलो सिम अफर प्रस्तुत गरेको छ ।

यो पहिलो सिमको मूल्य केवल १ रुपैयाँ कायम गरिएको छ । सिममा दिन र रातको डाटा प्याकहरु, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माई फाइभ समाविष्ट छन् ।

विद्यार्थीहरुले सिम आफ्नो नजिकैको एनसेल सेन्टरबाट प्राप्त गर्न सक्नेछन् । सिम प्राप्त गर्न विद्यार्थीहरुले एसईईको प्रवेश कार्ड र अभिभावकको नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो एक थान लिएर जानु पर्नेछ ।

१ रुपैयाँमा एसइइ पहिलो सिम सिम कार्ड अफरहरुः

एसईई सिममा समाविष्ट अफरहरु अन्तर्गत मात्र १७.७० मा दैनिक डाटा प्याकहरुः दिनको प्याकमा ३०० एमबी, जुन बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म कायम रहनेछ र रातको प्याकमा असिमित इन्टरनेट, जुन राती ११ बजेदेखि विहान ७ बजेसम्म कायम रहनेछ ।

सिम सुचारु गरेपछि यदि ग्राहकले ५० रुपैयाँ वा त्यसभन्दा बढीको रिचार्ज गरेमा बदलामा २४ घण्टाको लागि १०० एमबी डाटा १०० एसएमएस सित्तैंमा प्राप्त गर्नेछ ।

यस्तै माई फाइभ सेवा एक वर्षको लागि निःशुल्क प्राप्त हुनेछ । जसमा ग्राहकले कुनै पनि ५ वटा एनसेल नम्बरहरुसँग ३० दिनका लागि ० पैसामा र ३० दिनपछि ०.९९ पैसामा ११ महिनाको लागि जोडिन सक्नेछन् ।

एनसेलले यो पहिलो सिम अफर यही बैशाख ६ गतेदेखि ९० दिनसम्म लागू गरेको छ । थप जानकारीका लागि १७१०३ डायल गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij