२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाग्लुङमा जीप दुर्घटना हुँदा १३ जना घाइते

बाग्लुङमा जीप दुर्घटना हुँदा १३ जना घाइते

1.4K
Shares

बाग्लुङ-बाग्लुङको बडिगाड गाउँपालिका २ क्षेत्रेमा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । निसिखोला गाउँपालिका वडा नं. ४ झिवाखोलावाट वुटवलको लागि छुटेको ग १ ज ७०७२ नम्बरको नम्बरको जीप मध्यपहाडी लोकमार्ग छेउको विद्युत पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइतेमध्ये निसिखोला घर भइ हाल वुटवल वस्ने वर्ष २५ का उषा शाही, निसिखोला ४ का २९ वर्षकी शोभा चन्द र ६३ वर्षका चन्द्रलाल शर्माको अवस्था गम्भीर रहेको प्रहरी चौकी खर्वाङका प्रमुख प्रहरी सहायक निरिक्षक मनबहादुर कार्कीले बताए ।
घाइतेहरुको खर्वाङमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ । बुर्तिवाङ यातायात प्रालिद्धारा सञ्चालित जीप सडक छेउको विद्युत पोलमा ठोक्कीएर पल्टिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij