२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राजविराजको मालपोत कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

राजविराजको मालपोत कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

840
Shares

सप्तरी – सप्तरी जिल्लाको सदरमुकाम राजविराज स्थित मापलपोत कार्यालय परिसरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर कार्यालय सञ्चालन भएको छ । राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादवले बैंकको एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका हुन् ।

उक्त एक्स्टेन्सन काउण्टरले मालपोत कार्यालयको कामको सिलसिलामा मालपोत कार्यालय राजविराजमा आउने सेवाग्राहीहरुलाई बैंकिङ सेवा उपलब्ध गराउने छ । बैंकको एक्स्टेन्सन काउण्टरले सेवाग्राहीहरुले मालपोत कार्यालयलाई बुझाउने राजश्व रकम संकलन गर्नेछ ।

उक्त एक्स्टेन्सन काउण्टरबाट मालपोत कार्यालयले बैंकिङ प्रणालीमा प्रवेश गरेको छ । कामको सिसिलामा मालपोत कार्यालय राजविराजमा आउनुहुने सम्पूर्ण सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij