काठमाडौं -माछापुच्छ्रे बैंकले नेपाल सरकारको ‘खोलौ बैंक खाता अभियान, २०७६’ अन्तर्गत ‘एक व्यक्ति एक खाता योजना’ ल्याएको छ।
कुनै पनि बैंक वा वित्तीय संस्थामा खाता नभएका व्यक्तिको हकमा उक्त योजना बैंकले सुचारु गरेको जनाएको छ।
उक्त खाता खोले बापत बैंकले १०० रुपैयाँ खातामा जम्मा समेत गरिदिने छ।
बैंकका अनुसार ५ प्रतिशत आकर्षक वार्षिक ब्याजदर प्रदान गरिने भनिएको यस खाता खोल्न निकै सहज छ। नेपाल सरकारले जारी गरेको कुनै पनि फोटो सहितको परिचय पत्र देखाएर उक्त खाता खोल्न सकिने छ । बैंकको देशभर रहेका जुनसुकै शाखा वा ग्राहक सेवा केन्द्र मार्पmत खाता खोल्न सकिने छ ।
बैकका देसभरि ९९ शाखा, १२१ एटीएम र ८३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १८२ स्थानवाट बैंकिङ कारोबार गर्दै आएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij