काठमाडौं – मेगा बैंक र मलेसियाको प्लासिड एक्सप्रेस कम्पनीबीच रेमीट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ।
मलेसियाबाट छिटो, छरितो र सहज रुपमा नेपालमा रेमीट्यान्स भित्र्याउन बैंकले प्लासिड एक्सप्रेससँग सम्झौता गरेको हो।बैंकका अनुसार मलेसियाका साथै प्लासिड एक्सप्रेसमार्फत अमेरिका, बेलायत र इटालीबाट पनि नेपालमा रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ।
‘मेगा रेमीट’को सञ्जाललाई विश्वका बिभिन्न देशमा विस्तार गर्ने क्रममा यसअघि मेगा बैंकले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, कुवेत, यूएई, भारत लगायतका देशमा रेमिट्यान्स सेवा विस्तार गरिसकेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij