२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सर्वोच्चको आदेश : पब्जीमाथिको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्नू

सर्वोच्चको आदेश : पब्जीमाथिको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्नू

1.4K
Shares

काठमाडौं -पब्जी प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी भएको छ ।
शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारले लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए।

सरकारले चैत अन्तिम साता पब्जीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलले आत्महत्याको घटना बढेको भन्दै प्रतिबन्ध लगाउन निर्देशन दिएका थिए । यसअघि गत चैत २८ मा नेपाल दूरसञ्चार प्राधिकरणले पब्जी खेलमा प्रतिबन्ध लगाउन इन्टरनेट प्रदायकलाई निर्देशन दिएको थियो।
त्यस उपर अधिवक्ता प्रवीण सुवेदीलगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij