२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भ्रष्टाचार गरेको भेटिए टुँडिखेलमा झुण्ड्याइदिनू -प्रेम सञ्जेल

भ्रष्टाचार गरेको भेटिए टुँडिखेलमा झुण्ड्याइदिनू -प्रेम सञ्जेल

2.1K
Shares

विराटनगर- श्रम कार्यालयका प्रमुख प्रेम सञ्जेलले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए टुँडिखेलमा झुण्डिन तयार रहेको बताएका छन् ।
निर्वाचन कार्यालय मोरङमा रहँदा हाजिर नगरी एक महिना सात दिनको तलब, भत्ता र खाजा खर्च बुझेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्जेललाई तीन दिनभित्र उपस्थित हुन पत्र काटेको छ । शुक्रबार अख्तियारमा बयान दिने तयारीमा रहेका सञ्जेलले भने,‘ प्रेम सञ्जेल भष्ट्राचारविरोधी हो, यदि मैले भ्रष्टाचार गरेको कसैले प्रमाणित गर्छ भने टुँडिखेलमा झुण्ड्याइदिए हुन्छ ।’
निर्वाचन कार्यालय विराटनगरको प्रमुख हुँदा पनि सञ्जेलको समय नपुगी सरुवा भएको थियो । निर्वाचन कार्यालयको नयाँ भवन चुहिएपछि भवन निर्माण गर्ने ठेकदारको भुक्तानी रोकिदिएका कारण आफ्नो सरुवा भएको सञ्जेलको दाबी छ ।

त्यसबेला पनि सर्वोच्चबाट पुनर्बहाली भएका उनले निर्वाचन कार्यालयमा दुई वर्ष बिताए । अदालती प्रक्रियामा रहँदा उनले २०७३ साल फागुन १७ गतेदेखि चैत २३ गतेसम्म कार्यालयमा हाजिर गरेका थिएनन् । अदालतको आदेशपछि पुनर्बहाली भएका उनले हाजिर नगरेको अवधिको तलब र भत्ता बुझेका थिए ।
पुनर्वहालीका लागि सर्वोच्च अदालतले आदेश दिएपछि नियमअनुसार नै भत्ता बुझेको सञ्जेलको दाबी छ । उनले भने ‘मैले अदालतको आदेश अनुसार नै भत्ता खाएको हो ।’

सञ्जेलका अनुसार निर्वाचन कार्यालयमा हुुँदा तलब भत्ता बुझेर भ्रष्टाचार ग¥यो भन्ने उजुरी परेपछि अख्तियारको क्षेत्रीय कार्यालय इटहरीको टोलीले कागजात हेरेर फर्किएको थियो ।

अख्तियारको टोलीलाई अदालतको आदेश देखाएको भन्दै उनले भने, ‘ आन्तरिक लेखा परीक्षण कोष तथा लेखा नियन्त्रण कार्यालयले गरेको हो । महालेखा परीक्षकबाट पनि रुजू भयो ।’

श्रम कार्यालय विराटनगरमा सरुवा भएको दुई महिना बित्न नपाउँदै पुस ९ गते सरुवामा परेका सञ्जेल त्यस निर्णयविरुद्ध सर्वोच्च गएका थिए । सर्वोच्चको आदेशले २३ फागुनमा हाजिर भए । दुई महिनाको तलब भत्ता सुविधा उपभोग गर्न सर्वोच्चले नै आदेश दिएको उनले बताए । @ onlinelkhabar

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij