काठमाडौं – राइड सेयरिङ कम्पनी टुटलले सरकारलाई साढे ३ करोड रूपैयाँ हाराहारी कर बुझाउनुपर्ने भएको छ।
कम्पनी सञ्चालन भएदेखिको भ्याट, आयकर, जरीवाना गरी टुटलले करिब साढे ३ करोड तिर्नुपर्ने भएको आन्तरिक राजस्व विभाग ललितपुर स्रोतले जानकारी दियो।
कम्पनीले यात्रुबाट पैसा उठाएको तर सरकारलाई तिर्नुपर्ने कर नतिरेको कर कार्यालय ललितपुरको ठहर छ।
‘टुटलले करिब एक वर्षसम्म आफ्नो बिलमासमेत भ्याट शीर्षकमा पैसा उठाएको पायौं। पछि कर शीर्षक हटाए पनि शुल्क घटाएन,’ स्रोतले भन्यो।
त्यस्तै अर्को राइड सेयरिङ कम्पनी पठाओको पनि अनुसन्धान भइरहेको ललितपुर कर कार्यालय स्रोतले जानकारी दिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij