२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘धर्मगुरु’ को नाममा युवतीमाथि ‘वलात्कार’, बल्खुबाट यसरी भारत पुर्याए

‘धर्मगुरु’ को नाममा युवतीमाथि ‘वलात्कार’, बल्खुबाट यसरी भारत पुर्याए

2.2K
Shares

काठमाडौं– आफूलाई धर्मगुरु भन्दै एक व्यक्तिले युवतीलाई १५ दिनसम्म यौन उत्पिडन र यातना दिएको खुल्न आएको छ ।

काठमाडौँ बल्खु बस्दै आएका भारत बैसालीका ४८ वर्षीय सलिम फुल महमदले एक काठमाडौँकी २६ वर्षीया अनिता (नाम परिवर्तन) लाई यस्तो गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
उनका अनुसार आमाको उपचारमा भौतारिरहेकी अनिताको सलिमसंग बल्खुको एक मासु पसलमा भेट भएको थियो । भेटपछि उपचारका क्रममा अनिताकी आमालाई भारत लैजाने भन्दै सलिमले अनितालाई पुनः बल्खु भेट्न बोलाइ पय पदार्थ खुवाई बेहोस बनाएका थिए । बहोसपछि भने सलिमले अनितालाइ बल्खुबाट वीरगञ्जसम्म टाटासुमो, वीरगञ्जकबाट रिक्सामा भारतको रक्सौल र रक्सौलबाट रेलमा अजमेर पुर्याएर अनिताको लामो समयसम्म पटक–पटक बलात्कार गरेका थिए ।नेपाल समाचारापत्र दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij