काठमाडौं -काठमाडौंमा पाँचतारे होटल थपिएको छ। काठमाडौंको नागपोखरीमा निर्माण भएको मेरियट होटल सञ्चालन भएसँगै राजधानीमा सञ्चालनमा रहेका पाँचतारे होटलको संख्या आठ पुगेको छ।
एमएस ग्रुपले बनाएको उक्त होटलले बैशाख २ गतेदेखि आफ्नो व्यवासायिक सेवा शुरु गरेको छ। ग्रुपका अध्यक्ष शशिकान्त अग्रवालका अनुसार २१४ कोठा भएको होटलका अधिकांश तयारी अवस्थामा छन्।
मेरियट इन्टरनेशनलको क्लासिक लक्जरी सेगमेन्टको मेरियटको व्यवसस्थापन पनि उसैले हेर्ने छ। नेपालमा आधुकिन प्रविधिसहितको होटल बनाइएको अग्रवालको दाबी छ।
१३ रोपनी क्षेत्रफलमा फैलिएको होटल १३ तलाको भवनमा रहेको छ। जहाँ क्यासिनोदेखि सबै पाँचतारे सुविधा उपलब्ध हुनेछन्।
पर्यटन विभागबाट पाँचतारे प्रमाणपत्र पाउन बाँकी रहेको होटलमा १९३ डिलक्स रुम, २० स्वीट छन्। होटलमा एउटा प्रेसिडेन्सियल पनि रहने छ। संसारभर प्रचलित महादेशीय परिकारकासँगै नेपाली रैथाने परिकार पनि रहने अग्रवालले जानकारी दिए।
योसँग मुलुकमा पाँचतारे होटलको सख्या १४ पुगेको छ। जसमा २ बन्द अवस्थामा छन्।
र काठमाडौं बाहिर पाँचतारे होटलको सख्या पाँच पुगेको छ। हाल काठमाडौंको याक एण्ड यति, होटल अन्नपूर्ण, होटल मल्ल, हायात रिजेन्सी, सोल्टी क्राउन प्लाजा, र्याडिसन, सांग्रिला र मेरियट सञ्चालनमा छन्। काठमाडौंको होटल एभरेष्ट भने बन्द अवस्थामा रहेको छ।
त्यस्तै पोखरा ग्रान्ड सञ्चालनमा छ भने फूलबारी रिसोर्ट बन्द भएको छ। भैरहवाको टाइगर प्यालेस रिसोर्ट र नेपालगञ्जको सोल्टी वेन्सटेन्ड प्रिमियर र सेन्टर प्लाजा सञ्चालनमा छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij