२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भरुवा बन्दुक पड्कदा एक युवकको मृत्यु

भरुवा बन्दुक पड्कदा एक युवकको मृत्यु

850
Shares

सोलुखुम्बु-सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका – ४ मा भरुवा बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ।

काँकु डाँडागाउँका २० वर्षीया सुमन राईले आइतबार साँझ बन्दुकमा गोली भर्ने क्रममा पडकिएर उनको पेटमा गोली लागेकाले उपचारका लागि फाप्लु जिल्ला अस्पताल ल्याउन लाग्दा राति १ बजे बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए।

उनको शव परीक्षणका लागि फाप्लु जिल्ला अस्पतालको शव गृहमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij