२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मलेसियामाथि नेपालको सानदार जित

मलेसियामाथि नेपालको सानदार जित

1.3K
Shares

काठमाडौं– मलेसियामा जारी आईसीसी यू–१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको खेलमा नेपालले मलेसियालाई ८ विकेटले हराएको छ।
९३ रनको लक्ष्य पाएको नेपालले १३ ओभरमा २ विकेट गुमाउँदै सहज जित हात पार्‍यो।
यो जितसँगै नेपालले प्रतियोगितामा दोस्रो जित निकालेको छ।
नपालका लागि ओपनर रित गौतमले नटआउट ३९ रन बनाउँदा अर्का ओपनर पवन सरार्फले १९ तथा आसिफ शेखले २६ रन बनाए।
कप्तान रोहित शर्माले पहिलो बलमै छक्का प्रहार गर्दै जित दिलाएका थिए।
यसअघि टस जितेर मलेसियालाई पहिले ब्याटिङको निम्तो दिएको नेपालले निर्धारित ५० ओभरको खेलमा ३३.५ ओभरमा अलआउट गर्दै ९२ रनमा समेटेको थियो।
मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि पवन सरार्फ र कुशल मल्लले ३– ३ तथा कलम सिंह ऐरीले २ विकेट लिए। सागर ढकालले १ विकेट लिँदा बाँकी १ खेलाडी रन आउट भए।
मलेसियाका लागि लेज्यात डानियल फिक्वारीले सर्वाधिक ३७ रन बनाए। कप्तान मोहम्मद आमिरले १३ तथा विकेटकिपर हाकिम हारिसनले १० रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।

यसअघि सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा यूएईसँग भने वर्षाको कारण डकवर्थ लेविस मेथडका आधारमा १ रनले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij