काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले २१८ औं शाखा सिंहदरबार परिसरमा २०७६ बैंशाख १ गते आइतबारबाट संचालनमा ल्याएको छ । बैंकको उक्त शाखाको उद्घाटन बैंकका सञ्चालन समिति अध्यक्ष तथा सूचना प्रविधि तथा सञ्चार सचिव महेन्द्र बहादुर गुरूङले गरेका हुन् ।
राष्ट्रिय वाािण्ज्य बैंकले सिंहदरवार परिसरमा शाखा कार्यलयको स्थापना गरेसँगै सिंहदरवारमा एभरेष्ट बैंकको एकाधिकार तोडिएको छ । करिब ७ हजार कर्मचारी कार्यरत सिंहदरबारमा यसअघि एभरेष्ट बैंकको मात्र शाखा कार्यलय रहेको थियो । विभिन्न क्षेत्रबाट सिंहदरवार परिसरमा सरकारी बैंकको शाखा कार्यलय स्थापना गर्नुपर्छ भन्ने कुरा उठिरहेको बेलामा राष्ट्रिय वाािण्ज्य बैंकले उक्त शाखा संचालनमा ल्याएको छ ।
बैंकको शाखाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गूरुङले राष्ट्रिय वाणिज्य बैंकलाई अब सिंहदरबार भित्र छिर्न पाएनौं र कर्मचारीको अभाव भयो भनेर भन्ने ठाउँ नभएको बताए । सिंहदरवारमा प्रवेश गरेसँगै बैंकको जिम्मेवारी अझै थपिएको उनको भनाई छ । यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले वाणिज्य बैंक ७७ वटै जिल्लामा शाखा पुर्याउने पहिलो बैंक भन्दा गर्व लागेको र हाल निक्षेप तथा मुनाफाका आधारमा नंम्बर एक बैंक रहेको बताए । हाल बैंकको १ खर्ब ७६ अर्ब भन्दा माथि निक्षेप र १ खर्ब ४१ अर्ब भन्दा माथि कर्जा लगानी गरेको छ ।
कार्यक्रममा बैंकको संचालकहरु निर्मलहरि अधिकारी, रबिन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, अर्जुनबहादुर अधिकारी, डा.माधबप्रसाद दाहाल, नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकारी अधिकृतहरु टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, विभागीय प्रमुखहरु लगागत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
बैंकले आजै राष्ट्रिय सभा गृहमा भएको अर्को एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पिता मोहनप्रसाद ओली र प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यकी आमा धनमाया शाक्यको राष्ट्रिय वाणिज्य बैंकको समृद्धि बचत खाता खोली नेपाल सरकारले सुरु गरेको सबैं नेपाली नागरिकको बैंक खाता खोल्ने राष्ट्रिय अभियानको शुभारम्भ पनि गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij