२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भारतकै पहिलो ई–बाइक जुनमा लन्च हुने, स्केच सार्वजनिक

भारतकै पहिलो ई–बाइक जुनमा लन्च हुने, स्केच सार्वजनिक

1K
Shares

भारतमा पहिलो पटक स्मार्ट ई–बाइक बन्ने भएको छ । आगामी जुन महिनामा यसको लन्च गरिने भएको छ ।

रिभोल्ट इन्टेलिकर्प प्रालिले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकलको स्केच सार्वजनिक गरेको छ । कम्पनीका चिफ डिजाइनर शिवम शर्माले डिजाइन गरेको सो मोटरसाइकललाई पहिलो स्मार्ट मोटरसाइकल भनिएको छ र यसको नाम ई–बाइक राखिएको छ ।

भारतको गुरुग्राममा यसको हेडक्वाटर रहेको छ र हरियानाको मानेसरमा प्लान्ट रहेको छ ।

ई–बाइकलाई एक पटकको फुल चार्ज गर्दा १५० किलोमिटर गुडाउन सकिन्छ । यसले विभिन्न स्थानमा चार्जिङ इन्फ्रास्ट्रक्चर निर्माण गर्ने बताएको छ ।

आगामी जुन महिनामा यसको बिक्री प्रारम्भ गरिने छ र यसलाई डिलरसिप तथा अनलाइन मोडल दुवै तरिकाले बिक्री गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij