काठमाडौं – सिद्घार्थ बैंकले दमौलीमा शाखा स्थानान्तरण गरेको छ। बैंकले सो शाखा दमौली वडा नं २ सफा सडकबाट हालै दमौली व्यास नगरपालिका वडा नं ३ मा स्थानान्तरण गरेको हो।
शाखाको उद्घाटन व्यास नगरपालिकाका मेयर बैकुण्ठनाथ न्यौपाने र उद्योग वाणिज्य महासंघ नेपालका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले गरे।
यसैगरी बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा ल्याएको छ।
बैंकका देशभर १४९ शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ सेवा, १६० एटिएम छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij