२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवा र साहारा हस्पिटल बीच बिशेष छुट सम्बन्धि सम्झौता

कामना सेवा र साहारा हस्पिटल बीच बिशेष छुट सम्बन्धि सम्झौता

1.3K
Shares

काठमाडौं -कामना सेवा विकास बैंक लिमिटेड र साहारा हस्पिटल प्रा. लि पोखरा बीच विशेष छुट पाउने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार बैंकका सम्पूर्ण खातावाला, कर्मचारी साथै उनीहरुका परिवारका अन्य सदस्यहरुले साहारा हस्पिटल मा उपचार गराउँदा तथा औषधी खरिद गर्दा विशेष छुट पाउने भएको छ ।सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावान्वित हुने बैंकले जनाएको छ ।

उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट डिपोजिट एण्ड ट्रान्जेक्सन बैकिङ्गका प्रमुख सुवास भट्टराई र साहारा हस्पिटलका तर्फबाट संचालक समितिका अध्यक्ष डा. गिरीधारी शर्माले हस्ताक्षर गरेका थिए ।

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८१ वटा शाखा तथा ३६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij