२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सनराइज बैंकको “सनराइज समृद्धि बचत खाता”सञ्चालन

सनराइज बैंकको “सनराइज समृद्धि बचत खाता”सञ्चालन

885
Shares

काठमाडौं -सनराइज बैंकले खोलौ बैंक खाता अभियान, २०७६ लाई आत्मसाथ गर्दै “सनराइज समृद्धि बचत खाता” सञ्चालनमाा ल्याएको छ । बैंकमा उक्त खाता खोल्दा १ सय रुपैयाँ बैंकले नै जम्मा गरिदिनेछ । “सन्राइज समृद्धि बचत खाता” मा पनि बैंकले अरु बचत खातावालहरुलाई दिँदै आएको स्वास्थ्य बीमा, दुर्घटना बीमा लगायत अन्य सम्पूर्ण सुबिधाहरु प्रदान गर्नेछ । बैंकले खाता खोल्नको लागि सहज बनाउने उद्देश्यले २०७६ बैशाख १ गते आईतबार सम्पूर्ण शाखाहरु बिहान १० बजे देखि दिउसो १ बजे सम्मको लागि खुल्ला गर्ने भएको छ ।

सन्राइज बैंकले नेपालभर १०४ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा ए.टि.एम मार्फत ५ लाखभन्दा बढी सेवाग्राहीलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ । ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij