काठमाडौं – नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको “समृद्ध सँग जोडौ नाता : सबै नेपालीको बैंक खाता” भन्ने नारा सहित “खोलौ बैंक खाता अभियान २०७६” अभियानमा एकाकार गर्दै एनआइसी एशिया बैंकले “समृद्ध नेपाल सुखी नेपाली बचत खाता” संचालनमा ल्याएको छ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाईरहेको छ । सिएसआरमा महत्वपुर्ण योगदान पु-याउदै आईरहेको बैंकले २०७६ वैशाख १ गते देखि लागु हुने गरि उक्त वचत खाता सञ्चालनमा ल्याउन लागेकामे हो । उक्त बचत खाता खोल्ने व्यक्तिहरुलाई बैंकले १ सय रुपैयाँ नगद खातामा जम्मा गरिदिन छ ।
बैंकले हाल मुलुकभर रहेका २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सम्पुर्ण बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंक शाखा सञ्जालको हिसाबले मुलुककै सबैभन्दा ठूलो बन्न सफल भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij