२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जेबिल्स फाइनान्सको साधारण सभा बैशाख २० गते

जेबिल्स फाइनान्सको साधारण सभा बैशाख २० गते

725
Shares

काठमाडौं – जेबिल्स फाइनान्सले आठौं र नवौं वार्षिक साधारण सभा एकैदिन बैशाख २० गते गर्ने भएको छ ।फाइनान्सको चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले कालिमाटी ब्यान्क्वेट, कालिमाटी, काठमाडौंमा बिहान ११ ४५ बजे गर्ने भएको छ ।

फाइनान्सले बोनसमा लाग्ने कर तिर्न ५ लाख २८ हजार २९ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पनि पेश गर्नेछ । हालै लिलामीमा बिक्री गरेको शेयरपछि कायम भएको ८० करोड ९० लाख ७७ हजार ५ सय रुपैयाँ चुक्ता पुँजीमा उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

साधारण सभामा आर्थिक वर्ष २०७३ /७४ र २०७४ /७५ को नाफा नोक्सान हिसाब लगायतको वित्तीय विवरण माथि छलफल गरि पारित गर्ने, संस्थापक समुहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पदमा ३ जना तथा सर्वसाधारण समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालनक पदमा २ जना निर्वाचन गर्ने प्रस्ताव रहेको छ ।

साधारण सभाका लागि बैंकले बैशाख ५ गतेदेखि २० गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij