२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अस्ट्रेलियाको घरजग्गा निमार्णमा नेपाली ब्यवशायी

अस्ट्रेलियाको घरजग्गा निमार्णमा नेपाली ब्यवशायी

1.6K
Shares

सिकेको शिप र पढेको ज्ञान खेल कहिले जान्न भन्थे बुढापाकाले । नेपाल भन्दा सात समुन्द्र पार आएर पनि नेपालीहरुले पढेको ज्ञानलाई ब्यवहारका उर्तान थालेपछि सबैखाले ब्यवशायमा नेपालीको पहिचान बढ्न थालेको छ ।
प्रारभमा पढ्ने,जागिर खाने र गरिहाले पनि रेस्टुरेन्ट, पसलजस्ता ब्यवशायमा देखिएका नेपालीहरु यतिखेर अस्ट्रेलियाका हरेक खाले संरचनामा बाधिन थालेका छन ।
मोर्गेजसँंगै रियलस्टेटमा बिस्तारै अगाडि बढेका नेपाली ब्यवशायीहरु यतिखेर निमार्णमा पनि फाट्ट फुट्ट देखिन थालेका छन । नेपालीको संख्या बाक्लीदैगर्दा अस्ट्रेलियामा सबैखलो उद्योगधन्दामा पुहँंच हुनु आफैमा गौरवको बिषय पनि हो ।
यतिखेर सीड्नी शहरमा सहभािगता मुलक ब्यबस्थापनमा रियलस्टेट, ब्यवस्थापन र निमार्णका सबै प्याकेजसँंगै मेट्रो होम्स न्यु साउथवेल्स नामक नेपाली कम्पनी बजारमा आएको छ । मेट्रो होम्स एनएसडब्लु नामक यो संस्थाले बिभिन्न तिन चरणमा आफुलाई उभ्याएको छ । मेट्रो होम्स रियल स्टेटका रुपमा पनि कार्यरत रहेको छ भने अर्को तिर यसले आफुलाई मेट्रो कन्सट्रक्सनका रुपमा अगाडि ल्याएको छ । अर्कोतर्फ मेट्रो प्रोजेक्ट डेभलोपमेन्टका रुपमा उसले आफुलाई डेभ्लोपर बनाएको छ ।
यस मेट्रो होम्स एउटा छुट्टै योजना र परियोजनाका रुपमा अगाडि बढाइएको यसका कार्यकारी निर्देशक ज्ञानेन्द्र कार्की बताउछन । कार्कीले सहभागिता मुलक ब्यवस्थापनमा अगाडि बढेको मेट्रो होम्स भित्र रेने एन्ड हर्न इंगलवर्न र विस रियल स्टेटपनि आवद्ध रहेको बताए । ग्राहकमुखी नितीलाई केन्द्र बनाएर अगाडि बढेको मेट्रो होम्सको मुख्य उद्देस्य भनेकै
ग्राहकलाई सन्तुष्टी दिनु हो, कार्कीले सुनाए । नेपाली समुदायमा पहिलो पटक मेट्रोले कन्सट्रक्सनमा समेत पाइल अगाडि बढाएको बताए । बजारमा नेपालीमन र नेपालीपनलाई सुहाउँंदो घरहरुका लागि मेट्रोले काउन्सिल रिक्वायरमेन्टदेखि डिजाइन र निमार्णमा समेत काम गरेको र केहि नमुना घरहरु समेत तयारी अवस्थामा रहेको निर्देशक कार्कीले बताए । हाम्रो मुख्य योजना भनेकै ग्राहकहरुको आवश्यकता र रोजाइ अनुरुप आवश्यक बजेटमा घर निमार्ण गरेर दिनु हो । यो सँंगै मेट्रो प्रोजेक्ट डेभलोप्मेन्ट अन्तर्गत एकै क्षेत्रमा काम गरेका एजेन्सी र मोर्गेज ब्रोकरहरुसँंग मिलेर सहभागिमुलक ब्यवस्थापन अन्र्तगत सबैसँंग मिलेर बिजनेश भेन्चर र ज्वाइन्ट भेन्चरमा अगाडि बढने हाम्रो योजना हो । मेट्रो होम्सले अहिले बजारमुखी ब्यवस्थापनसँंगै ग्राहकमुखी सेवा प्रदत गर्ने योजना अनुरुप आफुलाई अगाडि बढाएको निर्देशक कार्कीले सुनाए ।
नेपाली समुदायमा कस्टम डिजाइनका घरहरु बनाएर अनावश्यक खर्चको कटौती गर्दै सिमित बजेटमा पनि राम्रा घर उपलब्ध गराउने हाम्रो प्रयास हो र हामी त्यसमा सफल भएका छौ ,कार्कीको कथन थियो । मेट्रोले सिड्नीमा भर्खरै मात्र भब्य कार्यक्रमका साथ आफ्नो संस्था र यसको उद्देस्यबारे प्रकाश पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij