२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आन्दोलनरत चिकित्सकको एउटै अस्पतालले पठाएनन् नामावली

आन्दोलनरत चिकित्सकको एउटै अस्पतालले पठाएनन् नामावली

1.3K
Shares

काठमाडौं– सरकारी अस्पतालले सरकारी चिकित्सक संघ (गोदान) मार्फत समायोजनको विषयलाई लिएर आन्दोलनरत चिकित्सकको नामावली स्वास्थ्य मन्त्रालयमा पठाएका छैनन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न १४ अस्पताललाई पत्र काट्दै सरकारी चिकित्सक संघ (गोदान) का आन्दोलनरत चिकित्सकको नाम पठाउन निर्देश्न दिएको थियो।

मन्त्रालयले मंगलबार विभिन्न १४ सरकारी अस्पतालमा आन्दोलनमा रही उपचार सेवा नदिएका, उपचारमा अवरोध पुर्‍याउने चिकित्सकको नाम पठाउन बुधबार १२ बजेसम्मको समय दिएको थियो।

नारायणी उपक्षेत्रीय अस्पताल पर्साले आफ्नो अस्पतालमा आन्दोलन नभएको पत्र पठाए पनि अन्य अस्पतालले कुनै पनि जानकारी मन्त्रालयमा नपठाएको बताइएको छ।

स्वास्थ्य मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, कान्ति बाल अस्पताल, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति अस्पताल, मानसिक अस्पताल, नरदेवी आयुर्वेद अस्पताल, डडेल्धुरा अस्पताल, भरतपुर अस्पताल, भेरी अञ्चल अस्पताल, नारायणी अस्पताल, कोशी अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पत्र पठाएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij