२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भक्तपुर र पश्चिम रुकुममा जेसीबीको नयाँ आउटलेट

भक्तपुर र पश्चिम रुकुममा जेसीबीको नयाँ आउटलेट

2.4K
Shares

भक्तपुर – नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले भक्तपुर र रुकुममा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ ।

दुवै नयाँ आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रिय स्तरको एफ्टरसेल्स सर्भिस र स्पेयरको सुविधा दिने कम्पनीले जनाएको छ।
भक्तपुरको आउटलेटको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका भाइस प्रेसिडेन्ट गोपालकुमार अग्रवाल र बी एन्ड के इन्टरप्राइजेजका अध्यक्ष बिकुलाल सुवालले संयुक्त रुपमा गरे।

भक्तपुर र आसपासका क्षेत्रमा भौतिक पूर्वाधार निर्माणको कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजता र सुलभताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको बी एन्ड के इन्टरप्राइजेजका प्रबन्ध निर्देशक केशव सुवालले बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij