घोराही– नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आफूले पार्टी सुधारका लागि निकै मेहनत गरिरहेको बताएका छन् ।
प्रेस युनियन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा काङ्ग्रेस नेता कोइरालाले पार्टीमा सबैलाई एकताबद्ध गरी बलियो पार्टी बनाउन आफूले मुख्य भूमिका निर्वाह गरिरहेको जिकिर गरे ।
नेता कोइरालाले दुई तिहाइको वर्तमान सरकार पूर्णरूपमा असफल भइसकेको आरोप लगाए । उनले जनतामा जागेको आशा सरकारको कार्यशैलीका कारण निराशामा परिणत भएको बताए ।
‘महामन्त्रीको हैसियतले मैले पार्टीलाई एकताबद्ध बनाउने प्रयास गरिरहेको छु र सबैलाई मिलाएर लैजान्छु’ उनले भने, पार्टीमा केही समस्या छ, अलमल छ अब त्यसलाई संस्थागतरूपमा सफल पार्नुपर्छ ।’ उनले अब आउने चुनावमा पार्टी एक ढिक्का भएर जनतामाझ जाने वचनबद्धतासमेत व्यक्त गरे ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij