२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

संसारका ५० शक्तिशाली महिलाको सूचीमा प्रियंका चोपडा पनि परिन्

संसारका ५० शक्तिशाली महिलाको सूचीमा प्रियंका चोपडा पनि परिन्

3.2K
Shares

एजेन्सी-पूर्व मिस वर्ल्डसमेत रहेकी अभिनेत्री प्रियंका चोपडा संसारका ५० शक्तिशाली महिलाको सूचिमा पर्न सफल भएकी छन्। उनी मनोरञ्जन जगतका ५० शक्तिशाली महिलाको सूचिमा परेकी हुन्।

युएसए टुडेले निकालेको यस सुचिमा प्रियंकासँगै ओपरा विन्फ्रे तथा मेरिल स्ट्रिपका साथमा अन्य चर्चित महिला सेलेब्रेटीहरू पनि अटाएका छन्।

‘म यी अद्भुत महिलाहरूसँगै यो मञ्च साझा गर्न पाउँदा सौभाग्यशाली महशुस गरिरहेकी छु जसले हर चुनौतीलाई पछाडी पार्दै आफ्नो खास स्थान बनाए र आफूले रोजेको पेसाको शीर्षस्थानमा उभिइरहेका छन्। यो एउटा उपलब्धि हो।’, सम्मानित महशुस गर्दै प्रियंकाले भनिन्।

मिस वर्ल्डको ताजपछि बलिउड प्रवेश गरेकी प्रियंकाले अमेरिकी टेलिभिजन ड्रामा श्रृखंला ‘क्वान्टिको’मा काम गरेपछि आफ्नो परिचयलाई अन्तराष्ट्रिय स्तरमा समेत फैलाइन्।

उनले सन् २०१७ मा ‘बेवाच’ सिनेमाबाट हलिउडमा पनि डेब्यू भइसकेकी छिन्।

५० शक्तिशाली महिलाको सूचीमा गायिका बियोन्सो, टेलिभिजन स्टार एलेन डीजेनेरस, अस्कोर विजेता जेनिभर लरेन्स तथा अन्तराष्ट्रिय पकगायिका तथा अभिनेत्री जेनिफर लोपेजसमेत सामेल छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij