काठमाडौं– कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन् ।
सोमबार विष्ट जिल्ला अदालत कञ्चनपुुरमा निवेदनसहित हाजिर भएका हुन् ।
उनीमाथि निर्मलाको हत्या भएको अवस्थामा शव फेलापरेपछि प्रमाण नष्ट गरेको अभियोग छ । उनीविरुद्ध निर्मलाकी आमा दुर्गादेवी र दिलिप सिंह विष्टका दाई खडक सिहं विष्टले प्रहरी मार्फत मुद्दा दायर गरेका थिए ।
यसअघि गत फाुगन ३० गते यही प्रमाण नष्ट गरेको र निर्दोषलाई यातना दिएको अभियोग लागेका पूर्वप्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेट्ठीसहित ६ प्रहरीलाई अदालतले धरौटीमा छाडेको थियो ।
२०७५ साउन १० गते निर्मला पन्तको शव उखुबारीमा फेला परेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij