काठमाडौँ–केन्द्रीय तथ्याङ्क विभागले सोमबारको अनुमानित जनसङ्ख्या दुई करोड ९५ लाख छ हजार ३४५ पुगेको देखाएको छ । राति १२ बजेपछि बोर्डमा नयाँ जनसङ्ख्या देख्न पाइन्छ ।
प्रक्षेपण बोर्डले नेपालको जनसङ्ख्या दैनिक एक हजार ६४ देखि एक हजार ७८ जनासम्म बढ्ने गरेको देखाउँदै आएको छ ।
जबकी गत वर्ष प्रतिदिन एक हजार ७० देखि एक हजार ८४ जनासम्म बढ्ने गरेको देखाउँथ्यो । प्रक्षेपण अनुमानित भएकाले घटबढ हुने सम्भावना रहन्छ । विभागले आगामी २०७८ साल असार ८ गते नेपालको जनसङ्ख्या तीन करोड तीन लाख ७८ हजार ५५ पुग्ने प्रक्षेपण गरेको छ ।
विभागका निर्देशक शङ्करलाल श्रेष्ठले जन्मदर, मृत्युदर र बसाइ सराइका आधारमा जनसङ्ख्या प्रक्षेपण गर्ने गरिएको बताउँदै भने, “प्रक्षेपण गरिएको जनसङ्ख्या बढ्न पनि सक्छ, घट्न पनि सक्छ ।”
विभागले २०६८ सालमा राष्ट्रिय जनगणना गर्नुअघि नेपालको जनसङ्ख्या दुई करोड ८४ लाख पुग्ने प्रक्षेपण गरेको थियो । जबकि जनगणनाले जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको देखाको खबर गोरखापत्र दैनिकमा छापिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij