२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

तयारी बिना तालिममा पठाउँदा निगमलाई ७० लाख घाटा

तयारी बिना तालिममा पठाउँदा निगमलाई ७० लाख घाटा

1.2K
Shares

काठमाडाैं – नेपाल वायुसेना निगमले वाइड बडी एयरबसका लागि तालिममा पठाएका दुई पाइलट परीक्षामै असफल भएका छन् । बोइङ ७३७ का पाइलट राजन मानन्धर र सन्तोष शर्मालाई निगमले वाइड बडी विमान उडाउनको लागि तालिम गर्न सिंगापुर पठाएको थियो ।
नेपालमै प्रशिक्षण पाइलटले लातिम गराएर परीक्षा लिएपछि मात्रै तालिममा पठाउनु पर्ने हुन्छ । तर, निगमले लातिम तथा परीक्षाबिनै मानन्धर र शर्मालाई तालिममा पठाउँदा उनीहरु असफल भएर फर्किएका छन् । मानन्धर र शर्मा जनवारी १४ का दिन तालिमको लागि सिंगापुर गएका थिए । परीक्षामा सामेल हुँदै असफल भएपछि उनीहरु फर्किएका हुन् ।

निगमका सहप्रवक्ता नवराज कोइरालाले तालिममा पठाएका शर्मा र मानन्धर असफल भएको बताए । तर, तयारी नगराएको तथा नजिकको व्यक्ति पठाएको उनले स्वीकारेनन् । ‘खास त्यस्तो तयारी गर्नुपर्ने केही हुन्न, त्यहाँ गएर कक्षा लिने हो,’ कोइरालाले भने, ‘यहाँ तालिम तथा परीक्षा नगरी पठाउँदा उहाँहरू सक्सेस नभएको भने होइन् ।’ याे समाचार खिलक बुढाथाेकीले नागरिकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij