२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विप्लवका गतिविधिमाथि सूक्ष्म निगरानी, नेता कार्यकर्तालाई पक्राउ गर्न देशभर सर्कुलर

विप्लवका गतिविधिमाथि सूक्ष्म निगरानी, नेता कार्यकर्तालाई पक्राउ गर्न देशभर सर्कुलर

1K
Shares

काठमाडौ । सरकारले विप्लव समूहको गतिविधि माथि प्रतिवन्ध लगाएको घोषणा गरेसँगै सुरक्षा निकायलाई हाई अर्लटमा रहन निर्देशन दिएको छ ।
मुलधारको राजनीति भन्दा बाहिर गएर हत्या हिंसा जस्ता क्रियाकलापमा विप्लव नेतृत्वको माओवादी लागेपछि सरकारले प्रतिबन्ध लगाउने निर्णय पछि उसबाट हुन सक्ने हिंसात्मक कृयाकलापलाई नियल्न समेत सरकारले सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ । नेपाल समाचार पत्र दैनिकमा खबर छ ।

बिप्लव समुहको पछिल्लो गतिबिधि राजनीतिक भन्दापनि धम्की दिएर रकम असुल गर्ने र नदिए बम पड्काउने तथा हत्या सम्मगर्ने कृयाकलाप बढेपछि सरकारले उसको गतिबिधिमाथि प्रतिवन्ध लगाएको हो ।

बिप्लव माओवादीमाथिको प्रतिवन्ध पछि सुरक्षा थ्रेड बढेको बिष्लेषण गर्दै सरकारले उसको गतिविधिलाई नियन्त्रण गर्न र सुरक्षा ब्यवस्था मजबुत बनाउन निर्देशन दिएसंगै तीन वटै सुरक्षा निकायको प्रधान कार्यालयले बुधबार मुलुकभरका आफ्ना मजकुर कार्यालयलाई हाई अर्लटमा रहन निर्देशन दिएको हो ।

सरकारले बिप्लवको हिंसात्मक गतिविधिमाथि प्रतिवन्ध लगाएसंगै मुलुकभर सुरक्षा व्यवस्था मजवुत बनाउन नेपाल प्रहरीका सबै कार्यालयलाई हाइअर्लटमा रहन निर्देशन दिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij