पोखरा– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिवंगत नेता रवीन्द्र अधिकारीको क्षेत्रमा उपनिर्वाचन हुँदा उनकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउन सकिने बताएका छन्।
आज पोखरामा संवाददाताहरूसँग कुरा गर्दै दाहालले अधिकारीको निधनपछि खाली भएको कास्की– २ को सांसदका लागि अधिकारी पत्नीलाई नेकपाले उम्मेदवार बनाउन सक्ने बताएका हुन्।
दाहालले भने, –‘परिवारको सदस्यभित्रबाट जाँदा उहाँको परिवार पनि राजनीतिक परिवार हो। नेतृत्व गर्न सक्ने क्षमता भएको उहाँको जीवन संगिनी पनि हुनुहुन्छ, विद्याजी। यी सबैप्रति विचार गरेर पार्टीले निर्णय गर्छ।’
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij