२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

घुस लिएर विद्यार्थी पास गराउने शिक्षक अख्तियारको फन्दामा

घुस लिएर विद्यार्थी पास गराउने शिक्षक अख्तियारको फन्दामा

1.4K
Shares

काठमाडौं–विद्यार्थीसँग घुस लिने भ्याली कलेज अफ टेक्निकल साइन्सका शिक्षक खेमराज शाही अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

उनले पास गराइदिने प्रलोभनमा प्रतिविद्यार्थी २५ हजार घुस लिने गरेको रहस्य खुलेपछि अख्तियारले उनलाई नियन्त्रणमा लिई विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको खबर सार्वजनिक भएको हो ।

शाहीले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत पब्लिक हेल्थ संकायको चौथो सेमेस्टरको परीक्षामा सामेल बायोस्टाटिस्टिक्स विषयका परीक्षार्थीलाई उर्तिण गराइदिने भनेर त्यसरी घुस खाने गरेको पाइएको हो ।

महानगरीय प्रहरी परिसर टेकुबाट पाएको सूचनाको आधारमा अख्तियारले छानवीन गर्दा शाहिले साथी अर्जुन भाट र होप इन्टरनेशनल कलेजमा अध्ययनरत प्रवेग कोरासँगको मिलोमतोमा यस्तो कार्य गर्ने गरेको खुलेको हो ।
शाहीले फेल भएका परीक्षार्थीसँग समेत रकम उठाउने गरेको पाइएको छ ।

उनले आफैँले उत्तरपुस्तिका जाँच्दा फेल भएका विद्यार्थीसँग समेत रकम उठाई उत्तरपुस्तिकामा आफैँले लेख्न नतिजा नै फेरबदल गर्ने गर्दै आइरहेका थिए । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij