२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘भिजिट भिषा’ करोड क्लबमा प्रवेश

‘भिजिट भिषा’ करोड क्लबमा प्रवेश

2.4K
Shares

काठमाडौं– चलचित्र ‘दाल भात तरकारी’को गीत ‘भिजिट भिषामा’ले एक करोड भ्युज पाएको छ । युट्युबमा रिलिज भएको ४५ दिनमा यो गीतको भिडियोले एक करोड दर्शक पाएको हो । गीतको भिडियोमा लाइक गर्नेको संख्या ६८ हजार भन्दा बढी छ भने डिसलाइक गर्नेको संख्या ४ हजार ८ सय छ ।
भिडियोमालाई ५ हजार भन्दा बढी दर्शकले प्रतिक्रिया दिएका छन् ।
भिडियोमा चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य र निरुता सिंह, वर्षा राउत, आँचल शर्मा र पुष्प खड्काको नृत्यलाई दर्शकले रुचाएका छन् ।
शम्भुजित बास्कोटाको संगीतमा तयार भएको गीतमा हरिवंश आचार्यको शब्द छ । गीतमा निशान भट्टराई र अन्जु पन्तको स्वर सुन्न सकिन्छ । भिडियोलाई कविराज गहतराजले करियोग्राफी गरेका छन् ।
‘मह संचार’को व्यानरमा निर्माण भएको दाल भात तरकारीलाई सुदन केसीले निर्देशन गरेका छन् । किरण केसीको प्रस्तुतीमा तयार भएको यो चलचित्रले बैशाख १३ गतेलाई प्रदर्शन मिति तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij