काठमाडौं – सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा गत आर्थिक वर्ष भन्दा कम बजेट गाडीमा किन्ने काममा खर्च गरेको छ। अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा एक अर्ब तीन करोड रुपैयाँको गाडी मात्रै खरिद गरेको छ।
गत आर्थिक वर्षको यहि अवधिमा सरकारले गाडी खरीदमा दुई अर्ब ३४ करोड रुपैयाँ खर्च गरेको थियो। चालु आर्थिक वर्षमा गाडी खरीदमा एक अर्ब ४४ करोड रुपैयाँ मात्र बजेट विनियोजन भएको थियो। गाडी खरिदमा भने एक अर्ब सात करोड खर्च भएको छ ।
त्यस्तै गत आवको पहिलो ६ महिनामा एक अर्ब ३३ करोडको इन्धन खरिद गरिएको थियो । सरकारले सरकारी गाडीका लागि इन्धन सुविधा दिदै आएको छ। चालु आवमा यस्तो सुविधाका लागि दुई अर्ब ७१ करोड बजेट विनियोजन गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij