२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिके राउतलाई नेपाल प्रहरीको सुरक्षा

सिके राउतलाई नेपाल प्रहरीको सुरक्षा

1.5K
Shares

काठमाडौं– सरकारसंग मूलधारको राजनीति गर्ने सहमति गरेका सिके राउतलाई सुरक्षा थ्रेट हुन सक्ने भन्दै नेपाल प्रहरीले सुरक्षा दिन थालेको छ ।
फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरेका राउतलाई त्यसपछि प्रहरीले सुरक्षा दिइरहेको छ।
राष्ट्रिय सभागृहमा आउँदा राउतको सुरक्षामा नेपाल प्रहरीका नायब निरीक्षक खटिएका थिए। अलग मधेस देश बनाउने भन्दै ६ वर्षअघि राउतले स्वतन्त्र मधेस गठबन्धन बनाएका थिए।
त्यसपछि उनको सुरक्षामा स्थानीय प्रहरी खटिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। राउतलाई अंगरक्षक दिनेबारे भने निर्णय नभएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij