काठमाडौं– काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने ३९ वर्षीय नवराज थपलिया घरमा डेरा गरी बस्ने काभ्रे पाँचखाल नगरपालिका-२ घर भएकी ३४ वर्षीया शोभा खड्काको डेरा कोठामा जुवातास खेलिरहेको अवस्थामा घरधनी थपलिया समेत ८ जनालाई ३ बुक तास र नगद ९८ हजार ६ सय रुपैयाँ सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-६ महाकाँल बस्ने ४० वर्षीया जितु पाख्रिनको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-६ महाँकाल बस्ने ५२ वर्षीया छिरिङ लामा समेत ८ जनालाई ८ बुक तास र नगद १ लाख ९६ हजार १ सय ५० रुपैयाँ सहित शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij