२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लघु हाँस्यव्यंग्य चलचि ‘अर्थको अनर्थ’ सार्वजनिक

लघु हाँस्यव्यंग्य चलचि ‘अर्थको अनर्थ’ सार्वजनिक

2K
Shares

काठमाडौं– लामो समयदेखि गीत संगीतमा सक्रिय कलाकार बिनोद बाजुराली लघु हाँस्यव्यङ्ग्य फिल्म ‘अर्थको अनर्थ’ मार्फत् कलाको नयाँ विधामा प्रवेश गरेका छन् । उनको लेखन, निर्देशन र अभिनय रहेको उक्त फिल्म शुक्रवार सार्वजनिक भएको छ।
फिल्मको कथा आफू संलग्न संगीतलाई नै बनाएका छन् । शास्त्रीय संगीतमाथिको बुझाइलाई आधार बनाएर समाजको यथार्थमाथि फिल्मका माध्यामले कटाक्ष गरेका छन् । उनले विषयमा गहिरो ज्ञान नहुँदा पनि आफूलाई जान्नेसुन्ने देखाउने समाजका पात्रहरुको मनोवृत्तिलाई फिल्ममा उतारेका छन् ।
कुनै कार्यक्रम हुँदा सम्बन्धित क्षेत्रका बिज्ञका साटो राजनीतिज्ञ, समाजसेवी, व्यापारी हावी हुने अहिलेको प्रवृत्तिलाई लिएर बनाइएको फिल्ममा उनीहरुले कसरी ‘अर्थको अनर्थ’ लगाइरहेका छन् भन्ने देखाउन खोजिएको छ ।
फिल्ममा कलाकार बाजुरालीका साथै रामु खड्का, तेजश रेग्मी, महेन्द्र गौतम, भिम थापा, करण साउद, मन्जिता केसी, सुमन परियारलगायतले अभिनय गरेका छन् । राजेश घिमिरे र हरिश महराले छायांकन गरेको फिल्ममा स्मृति शाहीको स्वरमा शास्त्रीय संगीत सुन्न सकिन्छ । फिल्म मालती डिजिटलले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij