२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सीप नजाँची डाक्टर लाइसेन्सः लाइसेन्स परीक्षामा फेल हुने डाक्टरको संख्या बढदो

सीप नजाँची डाक्टर लाइसेन्सः लाइसेन्स परीक्षामा फेल हुने डाक्टरको संख्या बढदो

950
Shares

काठमाडौँ — नेपाल मेडिकल काउन्सिलले डाक्टरहरूको लाइसेन्स परीक्षामा सीप जाँच गर्नुपर्ने आवाज वर्षौंदेखि उठदै आए पनि सम्बोधन हुन सकेको छैन । सीप परीक्षा नलिइँदा चिकित्सा सेवाको गुणस्तरीयता र विश्वसनीयता शंकाको घेरामा छ । यो समाचार आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन् ।
चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. जगदीशप्रसाद अग्रवालले काउन्सिलले ज्ञानको परीक्षा पास गरेका डाक्टरहरूलाई सीप परीक्षामा समेत उत्तीर्ण भएपछि मात्र चिकित्सा पेसा गर्ने अनुमति प्रदान गर्नुपर्ने बताउँछन् । उनले गुणस्तर कायम राख्न लाइसेन्स परीक्षाको उत्तीर्णांक ५० प्रतिशतभन्दा माथि हुनुपर्नेसमेत बताए ।

काउन्सिलले लिने लाइसेन्स परीक्षामा फेल हुने डाक्टरको संख्या बढदो छ । ‘सीप जाँचसमेत गर्न थालिए हाल देखिएको परीक्षा परिणाम अझ तल झर्छ तर जनताले राम्रो चिकित्सक पाउँछन्,’ काउन्सिलका अध्यक्ष प्रा.डा. धर्मकान्त बाँस्कोटाले भने, ‘आर्थिक अभावले यो अत्यावश्यक प्रक्रिया सुरु गर्न सकेका छैनौं । हामीलाई सघाइए केही समयमै सुरु गर्न सक्छौं ।’

लाइसेन्स परीक्षामा ज्ञान आधारितसँगै सीप आधारित परीक्षा हुनुपर्ने उनले बताए । काउन्सिलकै एक पदाधिकारीका अनुसार यसै साता एमडीरएमएसरएमडीएस गरेका विशेषज्ञ चिकित्सकको विशेष परीक्षामा ४० प्रतिशत डाक्टर फेल भएका छन् । स्रोतका अनुसार यो परीक्षामा सोधिएका प्रश्न एमबीबीएस गरेकाहरूले सहजै जवाफ दिन सक्ने खालका थिए । एमबीबीएसरबीडीएस गरेकाहरूको लाइसेन्स परीक्षामा केही वर्षयता सरदर करिब ५० प्रतिशत डाक्टर फेल भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij