सुर्खेत – गृहमन्त्री रामबहादुर थापाले आन्दोलनरत विभिन्न समूहलाई वार्तामा आउन आग्रह गरेका छन् ।
कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन आज वीरेन्द्रनगर आएका मन्त्री थापाले शान्तिपूर्ण आफ्ना माग पूरा गर्ने अवसरको सदुपयोग गर्न अपिल गरेका हुन् ।
राज्यको मूलधारमा आउन र लोकतान्त्रिक विधिबाट समस्याको समाधान खोज्न सबैलाई आग्रह गर्दै उनले हिंसात्मक गतिविधि गर्नेलाई नियन्त्रण गरिने चेतावनी दिए । उनले भने, ‘राज्यविरुद्ध लाग्ने जो कोहीलाई पनि कानूनको दायरामा ल्याउछौँ ।’
वार्तामा नआउने आपराधिक समूहप्रति राज्य कठोरतापूर्वक उभिने बताउँदै उनले भने, ‘देशमा शान्ति, सुरक्षा, अमनचयन कायम गराउने राज्यकोे पहिलो दायित्व हो, केही समूहले केही स्थानमा हिंसात्मक गतिविधि गरेता पनि राज्यले सहजै नियन्त्रणमा लिन्छ ।’
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij