२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तराईको विषयमा सरकार जनमत संग्रहका लागि तयार भएको हो ? – सहमहामन्त्री डा. महत

तराईको विषयमा सरकार जनमत संग्रहका लागि तयार भएको हो ? – सहमहामन्त्री डा. महत

1.3K
Shares

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले हिजो सरकारले सिके राउतसँग गरेको सहमतिको विषयमा नेपाली काँग्रेसको गम्भीर आपत्ति रहेको बताएका छन्।
नेपाल वित्तीय संस्था कर्मचारी संघको भेलालाई सम्बोधन गर्दै उनले भने – ‘के तराईको विषयमा सरकार जनमत संग्रहका लागि तयार भएको हो ? अथवा त्यो जनअभिमत शब्दले के भन्न खोजेको हो भन्ने बारेमा स्वयं प्रधानमन्त्री र सरकारले नेपाली जनतालाई स्पष्ट गरुन्, आफ्नो धारणा सार्वजनिक होस्।’
साथै नेपाली काँग्रेस सधैँ शान्ति, समृद्धि तथा राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्षमा रहेकाले यस्ता विषयमा हुने सहमति र सम्झौताको विरोधी कहिल्यै नरहेको स्पष्ट गर्दै तर यो अकस्मात राउतसँगको सहमति केका लागि आयो ? सरकारले देखिने गरी नै त्यो जनअभिमत शब्दको प्रयोग गरेर किन सहमति गर्नु परेको हो ? अकस्मात तराईमा जनमत संग्रहको कुरा किन र कसरी आयो ? यी यावत विषयमा काँग्रेसको गम्भीर आपत्ति र आशंका छ, सरकारले स्पष्टसँग जवाफ दिनुपर्छ, अन्यथा काँग्रेस चुप लागेर नबस्ने नेता महतले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij