सिन्धुली – बीपी राजमार्गअन्तर्गत गोलन्जोर गाउँपालिका ७ बारामा माइक्रो बस दुर्घटना भएको छ। दुर्घटनामा ११ जना घाइते भएका छन्।
जनकपुरबाट काठमाडौं जांदै गरेको ना८ख २८३२ नम्बरको माइक्रो बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ।
गाडीमा सवार १७ जना यात्रु रहेका प्रहरीले बताएको छ। सिन्धुलीका एसपी चक्रबहादुर सिंहका अनुसार तीन जनालार्ई उपचारका लागि काठमाडौं लगिएको छ। बाँकी समान्य घाइतेको खुर्कोटस्थित शुभजीवन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij